एकैदिन तोलामा १ हजारले घट्यो सुनको मूल्य

काठमाडौं ।  नेपाली बजारमा लगातार बढी रहेको सुनचाँदीको मूल्य बुधबार भने घटेको छ ।

मंगलबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलामा १ हजार रुपैयाँ घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबा भएको तेजाबी सुन बुधबार तोलाको ९२ हजार ५  सय कायम भई कारोबार भईरहेको महासंघले जनाएको छ ।

footwear zone

त्यस्तै हिजो ११ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा  १५ रुपैयाँले घटेको छ ।तोलामा १५ रुपैयाँले घटेसँगै आज चाँदी तोलाको ११ सय १० रुपैयाँमा कारोबार भइरहको महासंघले उल्लेख गरेको छ ।

 

 

You might also like

Comments are closed.