बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । पछिल्लो समयमा  सुनचाँदीको मूल्यमा उतार चढाव देखिएको छ ।  बुधबार तोलामा एकैदिन १ हजारले घटेको सुनको मूल्य बिहीबार फेरि तोलामा ८ सय रुपैयाँले बढेको छ ।

तोलामा ८ सय रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य तोलाको ९३ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार छापावाल सुन तोलाको ९३ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन तोलाको ९३ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, चाँदी बिहीबार तोलामा २५ रुपैयाँले बढेको छ । तोलामा २५ रुपैयाँले बढेसँगै आज चाँदी तोलाको ११ सय ३५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको ११ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 

 

You might also like

Comments are closed.