सुनको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ । बिहीबार तोलामा ८ सय रुपैयाँले बढेको छापावाल सुन शुक्रबार पनि पुनः तोलामा १ सय रुपैयाँले बढेको छ ।

तोलामा १ सय रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य तोलाको ९३ हजार ९ सय रुपैयाँ कायम भई कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीबार छापावाल सुन तोलाको ९३ हजार ८ सय रुपैयाँमा मा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन तोलाको ९३ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन तोलाको ९३ हजार ३ सयसय रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, चाँदी शुक्रबार तोलामा १५ रुपैयाँले बढेको छ । तोलामा १५ रुपैयाँले बढेसँगै आज चाँदी तोलाको ११ सय ५० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलाको ११ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 

 

 

You might also like

Comments are closed.