काठमाडौं । लगातार बढीरहेको सुनचाँदीको मूल्य आइतबार भने स्थिर रहेको छ ।
शुक्रबार तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन साताको पहिलो कारोबार दिन आइतबार पनि सोही मूल्य कायमै भई कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, शुक्रबार तेजाबी सुन तोलाको ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आइतबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी ,शुक्रबार तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।




Comments are closed.