सुनको मूल्य पुनः घट्यो, चाँदीको बढ्यो

काठमाडौं ।  नेपाली बजारमा मंगलबार सुनको मूल्य लगातार घट्दा चाँदीको मूल्य भने बढेको छ ।  सोमबार तोलामा ३ सयले घटेको छापावाल सुनको मूल्य मंगलबार पनि पुनः १ सय रुपैयाँले घटेको छ ।

तोलामा १ सय रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोलाको ९३ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य प्रतितोलाको ९३ हजार रुपैयाँ कायम भई कारोबार भईरहेको महासंघले जनाएको छ ।सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, चाँदीको मूल्य भने मंगलबार तोलामा ३५ रुपैयाँले बढेको छ ।तोलामा ३५ रुपैयाँले बढेसँगै मंगलबार चाँदी प्रतितोलाको ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

 

You might also like

Comments are closed.