लगातार ओरालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा छापावाल सुनको ओरालो यात्रा जारी रहेको छ । नेपालीहरुको महान चाँड बडादसैं नजिकिदै गर्दा छापावाल सुनको मूल्यमा भने दिनप्रतिदिन गिरावट आइरहेको छ ।

बुधबार तोलामा ७ सयले घटेको छपावाल सुनको मूल्य बिहीबार पनि पुनः ३ सयले घटेको हो । तोलामा ३ सय रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोलाको ९२ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार तेजाबी सुनको मूल्य प्रतितोलाको ९२ हजार रुपैयाँ कायम भई कारोबार भईरहेको महासंघले जनाएको छ । बुुधबार तेजाबी सुन प्रतितोला ९२ हजार ३ हजारमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज तोलामा ५ रुपैयाँले बढेसँगै चाँदीको मूल्य प्रतितोलाको ११ सय ८० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको ११ सय ७५ रुपैयामा कारोबार भएको थियो ।

You might also like

Comments are closed.