काठमाडौं । नेपाली बजारमा छापावाल सुनको ओरालो यात्रा कायमै रहेको छ । नेपालीहरुको महान चाँड बडादसैं नजिकिदै गर्दा छापावाल सुनको मूल्यमा भने दिनप्रतिदिन गिरावट आइरहेको छ ।
बिहीबार तोलामा ३ सयले घटेको छापावाल सुनको मूल्य शुक्रबार पनि फेरि एक हजार रुपैयाँले घटेको छ ।तोलामा १ हजार रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोलाको ९१ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोलाको ९१ हजार रुपैयाँ कायम भई कारोबार भईरहेको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। आज तोलामा १० रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोलाको ११ सय ७० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको ११ सय ८० रुपैयामा कारोबार भएको थियो ।




Comments are closed.