बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायमै रहेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार १ हजारले घटेको छापावाल सुनको मूल्य आइतबार भने तोलामा ३ सयले बढेको हो ।तोलामा ३ सय रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोलाको ९१ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजाबी सुनको मूल्य प्रतितोलाको ९१ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भईरहेको महासंघले जनाएको छ ।त्यसैगरी, आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ।

footwear zone

तोलामा १५ रुपैयाँले बढेसँगै आइतबार  चाँदीको मूल्य प्रतितोलाको ११ सय ८५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.