काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायमै रहेको छ । आइतबार बढेको सुनचाँदीको मूल्य सोमबार फेरि घटेको छ । आइतबार तोलामा ३ सय रुपैयाले बढेको छापावाल सुन सोमबार फेरि ४ सय रुपैयाँले घटेको हो ।
तोलामा ४ सय रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोलाको ९१ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै,सोमबार तेजाबी सुनको मूल्य प्रतितोलाको ९० हजार ९ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।आइतबार तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँले घटेसँगै सोमबार चाँदीको मूल्य प्रतितोलाको ११ सय ७५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।आइतबार चाँदी तोलाको ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।




Comments are closed.