तोलामा ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार घटेको छापावाल सुनको मूल्य मंगलबार भने नेपाली बजारमा बढेको छ । सोमबार तोलामा ४ सयले घटेको छापावाल सुन मंगलबार तोलामा ४ सयले बढेको हो।

तोलामा ४ सय रुपैयाँले बढेसँगै मंगलबार छापावाल सुनको मूल्य प्रतितोलाको ९१ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोलाको ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,मंगलबार तेजाबी सुनको मूल्य प्रतितोलाको ९१ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९० हजार ९ रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, मंगलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । तोलामा ५ रुपैयाँले बढेसँगै मंगलबार चाँदीको मूल्य प्रतितोलाको ११ सय ८० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।सोमबार चाँदी तोलाको ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

 

You might also like

Comments are closed.