बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार घटेको सुनचाँदीको मूल्य बिहीबार फेरि बडेको छ । बुधबार तोलामा ५ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार भने तोलामा ५ सय रुपैयाँले बढेको छ ।

तोलामा ५ सय रुपैयाँले बढसँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोलाको ९१ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोलाको ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार तेजाबी सुनको मूल्य प्रतितोलाको ९१ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बुुधबार तेजाबी सुन प्रतितोला ९० हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । तोलामा १५ रुपैयाँले बढेसँगै बिहीबार चाँदीको मूल्य प्रतितोलाको ११ सय ८५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।बुधबार चाँदी तोलाको ११ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.