काठमाडौं ।नेपाली बजारमा शुक्रबार बढेको सुनचाँदीको मूल्य आइतबार फेरि घटेको छ । शुक्रबार तोलामा १ हजारले बढेको छापावाल सुन आइतबार फेरि तोलामा १ हजार रुपैयाँले घटेको हो ।
तोलामा १ हजार रुपैयाँले घटेसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोलाको ९१ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।शुक्रबार छापावाल सुन प्रतितोलाको ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आइतबार तेजाबी सुनको मूल्य प्रतितोलाको ९१ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि तोलामा पुनः २५ रुपैयाँले घटेको छ ।

तोलामा २५ रुपैयाँले घटेसँगै आइतबार चाँदीको मूल्य प्रतितोलाको ११ सय ७५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।




Comments are closed.