सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी घट्यो

काठमाडौं । मंगलबार घटेको सुनको मूल्य बुधबार भने सामान्य वृद्धि  भएको छ ।  मंगलबार तोलामा ४ सयले घटेको छापावाल सुनको मूल्य बुधबार भने तोलामा २ सयले बढेको छ ।

तोलामा २ सय रुपैयाँले बढेसँगै बुुधबार छापावाल सुनको मूल्य प्रतितोलाको ९१ हजार ६ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार छापावाल सुन प्रतितोलाको ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोलाको ९१ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुनको मूल्य तोालाको ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, चाँदीको भाउ भने लगातार ओरालो लागिरहेको छ । मगलबार तोलामा १० रुपैयाँले घटेको चाँदीको मूल्य बुधबार पनि तोलामा पुुनः ५ रुपैयाँले घटेको छ । तोलामा ५ रुपैयाँले घटेसँगै बुधबार चाँदीको मूल्य प्रतितोलाको ११सय ४५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

 

You might also like

Comments are closed.