काठमाडौं । नेपाली बजारमा पछिल्लो समयमा डलरको भाउ उकालो लाग्दा सुनको मूल्य पनि लगातार उकालो लागि रहेको छ ।मंगलबार देखि उकालो लागेको सुनको यात्रा शुक्रबार पनि जारी रहेको छ । बिहीबार एकैदिन तोलामा १२ सयले बढेको छापावाल सुनको मूल्य शुक्रबार पनि तोलामा २ सय रुपैयाँले बढेको छ ।
तोलामा २ सय रुपैयाले बढेसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोलाको ९३ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोलाको ९२ हजार ८सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोलाको ९२ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुनको मूल्य तोालाको ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार ११ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ । यस हप्ताभरिमा छापावाल सुन तोलामा २ हजार रुपैयाँ बढ्न गएको छ ।




Comments are closed.