घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा पछिल्लो समयमा डलरको भाउ निरन्तर उकालो यात्रा कायमै राख्दा सुनको मूल्यमा पनि उतार चढाव कायमै रहेको छ ।बडादसैं पछिको पहिलो कारोबारकै दिन तोलामा ३ हजारले बढेको छापावाल सुन सोमबार भने ८ सय रुपैयाँले घटेको छ ।

तोलामा ८ सय रुपैयाँले घटेसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोलाको ९५ हजार २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको ९४ हजार ७ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार तेजाबी सुन तोलाको ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, सोमबार चाँदी तोलामा २५ रुपैयाँले घटेको छ । तोलामा २५ रुपैयाँले घटेसँगै चाँदी आज तोलाको १२ सय ३० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.