लगातार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा लगातार सुनचाँदीको मूल्यमा गिरावट आइरहको छ । बुधबार तोलामा २ सय रुपैयाँले घटेको सनको मूल्य बिहीबार पनि तोलामा पुनः एक सय रुपैयाँले घटेको छ ।

तोलामा १ सय रुपैयाँले घटेसँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोलाको ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार६ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

footwear zone

त्यसैगरी, बुधबार तोलामा ५ रुपैयाँले घटे चाँदीको मूल्य बिहीबार पनि तोलामा पुनः ५ रुपैयाँले घटेको छ ।तोलामा ५ रुपैयाँले घटेसँगै बिहीबार चाँदीको मूल्य प्रतितोला ११ सय ७० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.