आइतबार घटेको सुनचाँदीको मूल्य सोमबार स्थिर

काठमाडौं । आइतबार एक हजार रुपैयाँले घटेको छापावाल सुनको मूल्य सोमबार भने स्थिर रहेको छ ।आइतबार ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आइतबार तोलाको ९२ हजार ५ रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार तोलाको १२ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

footwear zone

तिहार अघिको अन्तिम कारोबार दिन छापावाल सुनको मूल्य ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय र चाँदीको मूल्य १२ सय १५ रुपैयाँ थियो ।

You might also like

Comments are closed.