काठमाडौं । नेपाली बजारमा सोमबार स्थिर रहेको सुनचाँदीको मूल्य मंगलबार भने सामान्य वृद्धि भएको छ । सोमबार ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार भने तोलामा १ सय रुपैयाँ बढेको छ ।
तोलामा १ सय रुपैयाँ बढेसँगै मंगलबार छापावाल सनुको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदी मंगलबार तोलामा १५ रुपैयाँले बढेको छ । तोलामा १५ रुपैयाँले बढेसँगै आज चाँदी तोलाको १२ सय १५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको हो । सोमबार चाँदी १२ सय रुपैयाँमा कारोबार भएको थियो ।




Comments are closed.