काठमाडौं । नेपाली बजारमा लगातार ओरालो लागिरहेको सुनको मूल्य बुधबार भने बढेको छ । बुधबार छापवाल सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हाे।
तोलामा १ हजार ४ रुपैयाँले बढेसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन तोलाको ९३ हजार ५ सय सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको तोलामा ३० रुपैयाँले बढेको छ । तोलामा ३० रुपैयाँले बढेसँगै आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।




Comments are closed.