सामान्य घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा लगातार बढेको सुनचाँदीको मूल्य सोमबार भने सामान्य घटेको छ । आइतबार तोलामा ६ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार भने तोलामा १ सय रुपैयाँले घटेको छ ।

तोलामा १ सय रुपैयाँले घटेसँगै सोमबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।आइतबार तेजाबी सुन प्रतितोला ९६ हजार८ सय रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । तोलामा ५ रुपैयाँले घटेसँगै आज चाँदी प्रतितोलाको १ हजार २ सय ९५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

You might also like

Comments are closed.