काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि लगातार बढी रहेको छ । मंगलबार तोलामा १ हजारले बढेको सुनको मूल्य बुधबार पनि पुनः तोलामा २ सय रुपैयाँले बढेको छ ।
तोलामा २ सय रुपैयाँले बढसँगै बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार तेजाबी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।त्यसैगरी, बुधबार चाँदी भने तोलामा ३० रुपैयाँले घटेको छ ।

तोलामा ३० रुपैयाँले घटेसँगै मंगलबार चाँदी प्रतितोलाको १ हजार २ सय ९५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको १३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।




Comments are closed.