१ हजारले बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार तेजाबी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यस्तै, आज चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ। चाँदी आज प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

You might also like

Comments are closed.