काठमाडौं । बिहीबार बढेको सुनको मूल्य शुक्रबार भने स्थिर रहेको छ । बिहीबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बिहीबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन शुक्रबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार चाँदी तोलामा १० रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँले घटेसँगै आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




Comments are closed.