सोमबार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं ।पछिल्लो समयमा लगातार बढेको सुनचाँदीको मूल्य सोमबार भने सामान्य घटेको छ । आइतबार तोलामा २ सयले बढी १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार भने तोलामा ३ सय रुपैयाँले घटेको छ ।

तोलामा ३ सय रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापवाला सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुन प्रतितोला  १ लाख रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, चाँदीको मूल्य आज प्रतितोला  १० रुपैयाँ घटेको छ । तोलामा १० रुपैयाँ घटेसँगै आज चाँदी तोलाको एक हजार ३ सय ९० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढाव प्रमुख कारण हो । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ८७ दशमलव ४८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

You might also like

Comments are closed.