तोलामा पुनः ३ सयले बढ्यो सुनको मूल्य, बजारमा कतिमा हुँदैछ बिक्री ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बृद्धि भएको छ । बुधबार तोलामा ८ सयले बढेको सुन बिहीबार पनि तोलामा ३ सय रुपैयाँले बढेको छ ।

तोलामा ३ सयले बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,  बिहीबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुन प्रतितोला १ लाख ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

यस्तै, बिहीबार चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले बढेको छ । तोलामा ५ रुपैयाँले बढेसँगै आज चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनचाँको मूल्यमा भारी वृद्धि देखिँदै आएको छ ।

You might also like

Comments are closed.