काठमाडौं ।नेपाली बजारमा लगातार बढेको सुनचाँदीको मूल्य शुक्रबार भने घटेको छ । शुक्रबार छापावाल सुन तोलामा १ हजार २ सयले घटेको हो ।
तोलामा १ हजार २ सयले घटेसँगै आज छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, शुत्रबार तेजाबी सुन प्रतितोला ९९ लाख ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रूपैयाँले घटेको छ । तोलामा १५ रुपैयाँले घटेसँगै आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।




Comments are closed.