तोलामा २ सयले बढ्यो सुनको मूल्य, चाँदी आज पनि स्थिर

काठमाडौं । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार भने तोलामा २ सय रुपैयाँले बढेको छ ।

तोलामा २ सय रुपैयाँ बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार र सोमबार छापावाल सुन तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको हो । सोमबार तेजाबी सुन प्रतितोलाको १ लाख रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, चाँदीको मूल्य मंगलबार पनि स्थिर रहेको छ । सोमबार तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

 

You might also like

Comments are closed.