बजारमा फेरि घट्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ बिक्री ?

नयाँ सरकार आएसँगै बढेको सुनचाँदीको मूल्य फेरि घटेको छ । बुधबार तोलामा ४ सयले बढेको छापावाल सुन तोलामा २ सयले घटेको छ ।

तोलामा २ सय रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलाको १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको हो । बुुधबार तेजाबी सुन प्रतितोलाको १ लाख ६ रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, चाँदीको मूल्य बिहीबार २० रुपैयाँले घटेको छ । तोलामा २० रुपैयाँले घटेसँगै बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

You might also like

Comments are closed.