काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलाको १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइबार १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन सोमबार सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार तोलाको १४ सयमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।




Comments are closed.