सुनको मूल्य तोलाको १ लाख २ हजार ९ सय पुग्यो, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ ।मंगलबार एकैदिन तोलामा ९ सय रुपैयाँले बढेको सुनको मूल्य बधबार पनि पुनः तोलामा ३ सयले बढेको छ ।

तोलामा ३ सयले बढेसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार छापावाल सुन तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख २ हजार १ रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँले घटेसँगै चाँदी बुधबार प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

You might also like

Comments are closed.