तोलाको १ लाख ३ हजार १ सय पुग्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

काठमाडौं । पछिल्लो समयमा नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ ।मंगलबारदेखि लगातार बढेको सुनको मूल्य बिहीबार पनि तोलामा २ सयले बढेको छ ।

तोलामा २ सयले बढेसँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलाको १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख २ हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, बुधबार तोलामा १० रुपैयाँले घटेको चाँदीको मूल्य बिहीबार पनि तोलामा १५ रुपैयाँले घटेको छ । तोलामा १५ रुपैयाँले घटेसँगै चाँदी बिहीबार प्रतितोला १ हजार ३ सय ८५रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबारचाँदी तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ । पछिल्लो ३ दिनमा सुन तोलामा १४ सय रुपैयाँले उकालो लागेको छ भने चाँदी चाँही घटेको छ ।

You might also like

Comments are closed.