दुई सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू दुई सयले घटेको छ।

अघिल्लो दिन प्रतितोला रू एक लाख चार हजारमा कारोबार भएको सुनको मूल्य आज एक लाख ३ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

footwear zone

तेजाबी सुन प्रतितोला रू एक लाख तीन हजार तीन सयमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रू एक हजार दुई सय ९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.