काठमाडौं । नेपालको सुनचाँदी बजारमा बिहिबार छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला ५ सय रूपैयाँले घटेर ९१ हजार रूपैयाँ तोकिएकोे छ । बुधबार उक्त सुन प्रतितोला ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ५ सय रूपैयाँ रहेकाेमा बुधबार प्रतितोला ९१ हजार रूपैयाँ तोकिएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य बुधबारका तुलनामा स्थिर छ । चाँदी बुधबार प्रतितोला १ हजार २ सय २५ रूपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीमा हुने मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक ती धातको कारोबार मूल्य तोक्दै आएको छ । रासस




Comments are closed.