सुनको भाउले नयाँ रेकर्ड कायम

भन्सार दर बढेसँगै सुनको भाउ आकाशियो

काठमाडाैं ।भन्सार दर बढेसँगै सुनको भाउ आकाशियो छ  ।  आज सुनको भाउ नयाँ रेकर्ड कायम भएको हो ।सुन तोलामा नै एक हजार ५०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । सरकारले भन्सार दर बढाएसँगै सुनको भाउ आकाशिएको हो । आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत सरकारले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार बढाएको छ ।

सुनको भन्सार १५ प्रतिशतले बढेर १२ हजार ४ सय रुपैयाँ तोकिएको छ । यसअघि प्रति १० ग्राम सुनको भन्सार ८ हजार ५ सय रुपैयाँ भन्सार लाग्ने गरेको थियो ।

footwear zone

मंगलबार पनि सुनको भाउ २ हजार ४०० रुपैयाँले महंगिएको थियो । हिजो सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँ तोकिएको थियो ।

यसअघि वैशाख २१ गतेसुनको भाउ ऐतिहासिक उचाइमा पुगेको थियो ।

बुधबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । यस दिन चाँदी तोलामा २० रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३९५ रुपैयाँमा उक्लेको छ । हिजो चाँदी प्रतितोला १५ रुपैयाँले बढ्दा एक हजार ३७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै प्रति १० ग्राम चाँदीमा लाग्ने भन्सार १५ प्रतिशतले बढेर १२३ रुपैयाँ ५ पैसा तोकिएको छ । पहिले १० ग्राम चाँदीमा १०७ रुपैयाँ भन्सार लागेको थियो ।

 

 

 

 

You might also like

Comments are closed.