काठमाडौं । नेपालको सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले ओरालो लागेर ९२ हजार ३ सय रूपैयाँ तोकिएकोे छ । पहेँलो धातु सोमबार प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ । यसको मूल्य सोमबार प्रतितोला ९२ हजार तोकिएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी सोमबार प्रतितोला एक हजार २ सय ५० मा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८ सय २५ डलर आसपासमा कारोबार भइरहेको बताइएको छ ।




Comments are closed.