घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार प्रतितोला सय रुपैयाँले घटेको हो ।

आइतबार १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य पनि १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य स्थिर छ । चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.