बढ्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौं । आज बिहिबार पनि सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला ८ सय रुपैयाँ बढेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन पनि तोलामा ८ सयले बढेर प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.