काठमाडौं । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलामा ६ सय रुपैयाँले घटेको हो ।
बुधबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन पनि तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।




Comments are closed.