काठमाडौं । बुधबार पनि सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ घटेको हो ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।




Comments are closed.