शुक्रबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार स्थिर छ ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य १० रुपैयाँ घटेको छ। बिहीबार प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।




Comments are closed.