बढ्यो सुनचाँदीको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौं । मंगलबार सुन–चाँदीको मूल्य बढेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार ६ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

You might also like

Comments are closed.