काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ४ सय ५०रुपैयाँ तोकिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाले घटेर १ हजार ४ सय १० रुपैयाँ तोकिएको छ ।




Comments are closed.