काठमाडौं । आइतबार पनि सुन–चाँदीको मूल्य बढेको छ। शुक्रबार को तुलनामा आयतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेका छ ।




Comments are closed.