काठमाडौं । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ ।
साताको अन्तिम कारोबार दिन ४ सय रुपैयाँले घट्दै १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

शुक्रबार तेजाबी सुनको मूल्य समेत तोलामा ४ सय रुपैयाँले घटेको छ । तेजाबी सुन १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।




Comments are closed.