आइतबार सुनचाँदीको मूल्य बढेको छ। शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो।
आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।




Comments are closed.