काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ५ सय रुपैयाँ बढेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।




Comments are closed.