काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको हो ।
आज आइतबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार ९ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ३ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ। चाँदी आइतबार प्रतितोला १ हजार ४ सय ८५ रूपैयाँमा कारोबार भईरहेको छ ।




Comments are closed.