काठमाडौं । बिहीबार पनि सुनको मूल्य घटेको छ । गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य बिहीबार पनि घटेको छ
बुधबारको तुलनामा बिहीबार सुनको मूल्य २ सय रुपैयाँले घटेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार ४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।




Comments are closed.