काठमाडौं । नेपालको सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँ ले बृद्धि भएर ९४ हजार ८ सय रूपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला ९४ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९३ हजार ८ सय रूपैयाँ तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य सोमबारका तुलनामा १० रूपैयाँले वृद्धी भएर एक हजार २ सय ९० रूपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

चाँदी शुक्रबार प्रतितोला एक हजार २ सय ८० रूपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८ सय ६६ डलर आसपासमा कारोबार भइरहेको छ ।




Comments are closed.