सुनको मूल्य घट्यो, कारोबार मूल्य कति ?

काठमाडौं । नेपालको सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले ओरालो लागेर ९४ हजार ३ सय रुपैयाँ तोकिएकोे छ । पहेँलो धातु मंगलबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ यसको मूल्य मङ्गलबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २ सय ८० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला एक हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८ सय ५४ डलर आसपासमा कारोबार भइरहेको छ । रासस

You might also like

Comments are closed.